रामधुनी । संसद विघटनको विरोधमा सुनसरीको रामधुनीमा नेपाली काङ्ग्रेसले विरोध प्रदर्शन गरेको छ ।
संसद विघटनको विरोधमा काङ्ग्रेसले शनिबार देशभर विरोध र्याली र सभा आयोजना गरेको हो।
रामधुनीमा आयोजना गरिएको र्याली लगौना चौकदेखि शिवचौकसम्म पुगेर नगर पार्टी कार्यालय अगाडि विरोधसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यसमेत रहेकी नेतृ नवोदिता चौधरीले संसद विघटन असंबैधानीक कदम भएको बताएकी थिइन ।
तस्बिरहरु :