• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

हाम्रो शब्द समाचार प्रभाव : मुसहर बस्तीमा शैक्षिक सामग्री लिएर पुगे जसपा रामधुनीका अध्यक्ष खड्का

हाम्रो शब्द by हाम्रो शब्द
माघ ४, २०७७
39
SHARES
242
VIEWS
Share on Facebook
ADVERTISEMENT

रामधुनी । हाम्रो शब्दले रामधुनी वडा नं. ६ को मुसहर बस्तीमा विद्यालय नजाने बालबालिकाबारे समाचार प्रकाशन गरेपछि जनता समाजवादी पार्टी (जसपा) रामधुनीका अध्यक्ष राम बहादुर खड्का शैक्षिक सामग्री लिएर उक्त बस्ती पुगेका छन् ।

हाम्रो शब्दले स्थलगत रिपोर्टिङ् गरेर ‘विद्यालयमा टिक्दैनन् रामधुनीका मुसहर बालबालिका’ शिर्षकको समाचार प्रकाशन गरेपछि खड्का आइतबार मुसहर बस्ती पुगेका हुन् ।

कम्युनिष्ट नाम राखेको सरकार देशभर भएपनि सत्ताको भागवण्डामा लिप्त भएर बसेको र राज्य गैरजिम्मेवार बनेपछि आफु मुसहर बस्तीका बालबालिकालाई विद्यालय जानेसम्मको वातावरण तयार पारिदिन त्यहाँ पुगेको खड्काले बताए ।

माथिल्ला सरकारजस्तै रामधुनी नगरपालिकासमेत दलाल पुँजीपतिहरुसँग मिलेर भ्रष्टाचारको भागवण्डा मिलाउँन तल्लिन भएकाले मुसहर, झाँगर लगायत पछाडि परेको समुदायबारे सोच्ने फुर्सद अहिलेका जनप्रतिनिधिहरुलाई नभएको उनको भनाई छ ।

कपी, पेनसिन लगायतका शैक्षिक सामग्री बोकेर मुसहर बस्तीमा आफैँ पुगेका खड्काले भने, ‘राज्यले हात उठाएर भनोस्, रामधुनीका मेयर–उपमेयरले भनुन् –हामी मुसहर, दलित बस्ती जादैनौँ, ती हाम्रा जनता होइनन्, हामी भ्रष्टाचारमा ब्यस्त छौँ ।’

शैक्षिक सामग्री पाएपछि खुसी भएका मुसहर बालबालिकासँग सामुहिक तस्बिर खिचाउँदै जनता समाजवादी पार्टी (जसपा) रामधुनीका अध्यक्ष खड्का लगायत । तस्बिर : हाम्रो शब्द ।

रामधुनी नगरपालिका भ्रष्टाचारमा लिप्त रहेकोसमेत उनले दोहोर्याएका छन् । ‘गाउँ–गाउँमा सिंहदरबारको नारा दिएर लुट मच्चाइरहनुभएको स्थानीय सरकारका पदाधिकारीले यो बुझ्नुहोस्, तपाईँ मुसहर बालबालिकाको प्रतिनिधि हो कि होइन ?’ प्रश्न गर्दै उनले भने, ‘तपाईँहरु हात उठाउँनुहोस्, जनस्तरबाट मुसहर समुदायलाई हामी सहयोग गर्छौँ ।’

वडा नं. ६ को सरोना मुसहर बस्तीका करिब २०–२५ जना विद्यालय उमेर समुहका बालबालिका विद्यालय नजाने गरेको रिपोर्ट हाम्रो शब्दले गत पुष २२ गते प्रकाशन गरेको थियो ।

यो पनि…..

विद्यालयमा टिक्दैनन् रामधुनीका मुसहर बालबालिका

Post Views: 644
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

प्रचण्ड–माधव समुहको अनेरास्ववियू जनता क्याम्पस संयोजक बने आदित्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द