• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home अन्तराष्ट्रिय

‘अमेरिकासँग नेपाल थप सहकार्य गर्न चाहन्छ’ 

हाम्रो शब्द by हाम्रो शब्द
माघ ८, २०७७
5
SHARES
29
VIEWS
Share on Facebook
ADVERTISEMENT

नेपालले अमेरिकाको उच्च नेतृत्वलाई बधाई सन्देश पठाउँदै भविष्यमा दुई देशको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।

नेपाली समयअनुसार बुधवार राती शपथ खाएका राष्ट्रपति जोय बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बेग्लाबेग्लै बधाई सन्देश पठाएका छन् ।

राष्ट्रपति भण्डारीले दुई देशको सम्बन्ध सुमधुर रहेको चर्चा गरेकी छन् । नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकाको सहयोगको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले दुई देशबीच बहुआयामिक सम्बन्ध थप सुदृढ र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् ।

उपराष्ट्रपति पुनले समकक्षी कमलालाई पठाएको बधाई सन्देशमा अमेरिकाको ऐतिहासिक चुनाबबाट पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकोमा बधाई दिएका छन् । उनले नयाँ नेतृत्वबाट जलवायु परिवर्तन,सामाजिक न्याय, लैंगिक समानताजस्ता बिषय प्राथमिकतामा राखिएको भन्दै प्रसंसासमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वबाट अमेरिकाले प्रगति र समुन्नति निरन्तर हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । अमेरिकासँग लामो समयदेखिको मित्रतामा नेपाल प्रतिबद्ध रहँदै आएको भन्दै ओलीले विश्वव्यापी महत्वका, आपसी हितका विभिन्न विषयहरुमा नयाँ नेतृत्वसँग सहकार्य गर्दै जाने विश्वास व्यक्त गरेका छन् । ओलीले सहयोग, आर्थिक साझेदारी, जनस्तरको सम्बन्धका आधारमा दुई देशको सम्बन्ध आगामी वर्षहरुमा नयाँ उचाईमा पुग्ने पनि विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि उपराष्ट्रपति ह्यारिसलाई सन्देश पठाउँदै दुई देशबीच द्धिपक्षीय सम्बन्ध तथा दुवै देशको संसदबीच द्धिपक्षीय सम्बन्ध थप वृद्धि गर्ने गरि सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।

Post Views: 137
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

कालो बेलुनमा ओलीको फोटो टाँसेर झुम्का नहरमा बगाइयो (तस्बिरसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द