रामधुनी । प्रतिनिधिसभा बिघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव नेपाल समुहको युवासंघ रामधुनीले बिहीबार कालो बेलुनमा प्रधानमन्त्री केपी ओलीको फोटो टाँसेर झुम्का नहरमा बगाएको छ ।
प्रधानमन्त्री ओलीले चालेको कदम गैरंबैधानीक भएको र त्यसले मुलुकलाई प्रतिगमनको दिशातर्फ अगाडि बढाएकाले त्यसको बिरोधस्वरुप उक्त कार्यक्रम गरिएको युवासंघ रामधुनीका संयोजक दिपक अधिकारीले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा रामधुनीका युवा तथा खेलकुद विभाग प्रमुख रमेश खत्रीले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्रको रक्षाका लागि युवाहरु एकजुट हुनुपर्ने धारणा राखेका थिए ।