रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ का वडाअध्यक्ष महेशकुमार चौधरीको आफ्नो जन्मदिनको उपलक्षमा विद्यार्थीलाई शैक्षिक सामग्री उपहार दिएका छन् ।
मंगलबार आफ्नो वडा अन्तर्गतको स्वरस्वती आधारभूत विद्यालयमा अध्यनरत १ सय ४७ जना विद्यार्थीलाई उनले उक्त उपहार दिएका हुन् ।
उपहारमा कपी, पेन्शिल, डटपेन आदि छन् । एकजना विद्यार्थीलाई ६ ओटा कपी र एउटा डट उपहार दिइएको चौधरीले बताए ।