रामधुनी । प्रचण्ड–माधव नेपाल समूहद्वारा कारबाहीमा परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामधुनीका अध्यक्ष राम कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना साकार पार्न सतिशालजस्तै खडा हुन अपील गरेका छन् ।
सोमबार प्रचण्ड–माधव समूहले नेकपा रामधुनीको अध्यक्षबाट कारबाही गरेपछि सामाजिक सञ्जाल (फेसबुक) मा उनले यस्तो आह्वान गरेका हुन् ।
उनी लेख्छन्, ‘समृद्ध नेपाल, सुखी नेपालीको महान अभियन्ता पार्टी अध्यक्ष कमरेड केपी ओलीको सपना साकार पार्न आ–आफ्नो ठाउँमा सतिशालजस्तै खडाहुन हार्दिक अपील गर्दछु ।’
राजनीतिक रुपमा नेकपा विभाजित भएपछि ओली समूहमा लागेका कोइरालाई प्रचण्ड–माधव समूहले नेकपा रामधुनीको अध्यक्षबाट निष्काशन गर्ने निर्णय गरिसकेको छ ।