रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाका २ जना निर्वाचित वडाअध्यक्ष नेकपाको केपी ओली समूहमा खुलेका छन् ।
राजनीतिक रुपमा पार्टी विभाजित भएपछि तत्कालिन एमाले निकट २ जना निर्वाचित वडाअध्यक्ष ओली समूहमा खुलेका हुन् ।
वडा नम्बर २ का वडाअध्यक्ष रामनारायण चौधरी र वडा नम्बर ८ का वडाअध्यक्ष रुद्रबहादुर बस्नेत ओली समूहमा खुलेका छन् ।
ओली समूहमा खुलेसँगै वडाअध्यक्ष बस्नेत उक्त समूहको रामधुनी नगर सह–इन्चार्ज तोकिएका छन् भने वडाअध्यक्ष चौधरीलाई उक्त समूहले सुनसरी जिल्ला कमिटी सदस्य चयन गरेको छ ।
हाम्रो शब्दसँगको कुराकानीमा वडाअध्यक्ष चौधरीले आफु प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेको समूहमा रहेको स्वीकारेका छन् ।
रामधुनीका ९ ओटा वडामध्य नेकपाबाट प्रतिनिधित्व गर्ने वडाअध्यक्ष ६ जना छन् । ओली समूहमा खुलेका बस्नेत र चौधरीबाहेक अन्य ४ जना वडाअध्यक्ष हालसम्म प्रचण्ड–माधव नेपाल समूहमा रहेको मानिन्छ । वडा नम्बर ५ का अध्यक्ष डेगराज फुयाल, ६ का अध्यक्ष हेमनारायण राजधामी, ७ का अध्यक्ष केशव गौतम र ९ का अध्यक्ष घनश्याम चौधरी हालसम्म प्रचण्ड–माधव समूहमा रहेको देखिन्छ ।
यद्दपी अझै एकजना वडाअध्यक्ष आफ्नो समूहमा आउँने ओली समूहका नेता एवम् प्रचण्ड–माधव समूहबाट कारवाहीमा परेका नेकपा रामधुनीका अध्यक्ष राम कोइरालाको दावी छ ।
नेकपाबाट प्रतिनिधित्व गर्ने रामधुनीकी उपमेयर सबिनाकुमारी चौधरी प्रचण्ड-माधव समूहमा छिन् ।