रामधुनी । फागुन ८ गते बिराटनगरमा हुने जनसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहले सुनसरीको रामधुनी नगरपालिकाबाट १५ सय जना कार्यकर्ता लाने निर्णय गरेको छ ।
बिहीबार ओली समूहले आयोजना गरेको नेकपा रामधुनी नगर कमिटीको बिस्तारीत बैठकले उक्त निर्णय गरेको ओली समूहका नगर कमिटी अध्यक्ष योगेन्द्र खड्काले हाम्रो शब्दलाई जानकारी दिए ।
फागुन ८ गते बिराटनगरमा प्रधानमन्त्री ओलीसहितको उपस्थितिमा उक्त समूहले बिशाल जनसभा गर्ने तयारी गरिरहेको छ ।