रामधुनी । प्रतिनिधिसभा विघटन गर्ने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि अदालतको सम्मानमा सुनसरीको रामधुनीमा दिप प्रज्वलन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले अदालतको निर्णयको स्वागत गर्दै दिप प्रज्वलन गरेको हो ।
मंगलबार बेलुका फैसाला आएलगत्तै रामधुनीसहित देशका विभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको थियो ।
दिप प्रज्वलनमा प्रचण्ड–माधव समूहको नेकपाका केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाकोसमेत उपस्थिति रहेको थियो ।
सर्वोच्चको सम्मानमा भेला भएका आफ्ना कार्यकर्तासँग निरौलाले अदालतको ऐतिहासिक फैसलाले केपी ओली प्रवृतिको अवशान भएको र जनताको जित भएको बताएका थिए ।