रामधुनी । उदयपुरको गाइघाटमा आयोजना गरिएको प्रदेशस्तरीय लाखे नाच प्रतियोगितामा नेवाः देय् दबू रामधुनी, सुनसरीको टिम प्रथम भएको छ । नेवार समुदायको परम्परागत संस्कृतिको रूपमा रहेको लाखे नाच संरक्षण र प्रवद्र्धनका लागि शनिबार आयोजना गरिएको लाखे नाचमा रामधुनी प्रथम भएको हो ।
प्रतियोगितामा विभिन्न ठाउँका १५ टिमको सहभागिता रहेको थियो । प्रथम भएसँगै नेवाः देय् दबू रामधुनीले एक लाख पुरस्कार पाएको छ ।
उक्त प्रतियोगितामा इन्द्रपुर नेवाः पुच विराटचोक दोस्रो, पासाखल धरान तेस्रो भएका छन् भने नेवाः देय् दबू लेटाङ र नेवा देय् दबू कटाहरीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोले क्रमैसँग १ लाख, ७५ हजार र ५० हजार प्राप्त गरेका छन् भने सान्त्वनाले १५/१५ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राएको आयोजकले जनाएको छ ।