Saturday, April 11, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home दृष्टिकाेण

      कक्षा ११ मा कस्ता विद्यार्थीले कुन विषय पढ्ने ?

      रवीन्द्र पौडेल by रवीन्द्र पौडेल
      ०७/०४/२०८०
      कक्षा ११ मा कस्ता विद्यार्थीले कुन विषय पढ्ने ?
      254
      SHARES
      Share on FacebookShare on Twitter

      कोरोना कहरले थलिएर भर्खरै उठ्दै गरेको शैक्षिक गतिबिधि पश्चात राष्ट्रिय परीक्षा बोर्डले गत चैत्र महिनामा संचालन गरेको एसईईको नतिजा असारको अन्तिम हप्ता प्रकाशन गर्यो । नतिजा प्रकाशनको पूर्व सन्ध्यासम्म कुन कार्यविधि अनुसार नतिजा प्रकाशन गर्ने भन्ने टुंगो हुन सकेको थिएन । नयाँ कार्यविधि २०७८ अनुसार नतिजा प्रकाशन गर्दा करिब ५०% विद्यार्थीले कक्षा ११ मा भर्ना नपाउने देखेरै पुरानो कार्यविधि २०७२ अनुसार नै नतिजा प्रकाशन भयो । यसले समग्रमा धेरै विद्यार्थीहरुले कक्षा ११ मा पढ्ने अवसर नतिजाले दिलायो ।

      तर, जुन विद्यार्थीहरुले भर्खरै विभिन्न ग्रेड ल्याएर एसईई उत्तीर्ण गरेका छन्, तिनीहरु मध्ये करिव ३० देखि ४० प्रतिशतलाई नै एसईईको पुरा रुप थाहा नहुनसक्छ । आफैले दिएको परीक्षा के हो भन्ने थाहा नपाई कक्षा ११ मा भर्ना गर्ने समय आइसकेको छ । एसईई संचालन प्रक्रियासमेत हेर्दा विद्यालयले लिने आवधिक परीक्षा भन्दा फितलो र धेरै विद्यार्थीले अलिक राम्रो विद्यार्थीको नक्कल गरी एउटै उत्तर लेख्ने गरेको देखिन्छ । यो प्रक्रिया सामुदायिक विद्यालयका विद्यार्थी भन्दा संस्थागत विद्यालयका विद्यार्थीमा अझ बढी समन्वय भएको देखिन्छ ।

      एसईईको उत्तरपुस्तिका परीक्षणमा पनि उही प्रश्नका समान उत्तरहरु लेखेको पाइन्छ । विद्यालयको नतिजा उच्च देखाउनका लागि संस्थापकहरुनै सिट प्लानिङमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षकहरुसँग समन्वय गर्नेदेखि प्रभाव पार्ने कोशिस गरेको सुन्न पाइन्छ । अर्कोतर्फ यसपाली एसईई उत्तीर्ण विद्यार्थीहरुको ८ विषय मध्ये ६ विषयमा प्रयोगात्मक वापत प्रत्येकमा २५ पूर्णाङ्क वापत विषय शिक्षकले कृपाङ्क २० भन्दा माथि दिएको देखिन्छ, जसका कारण पनि विद्यार्थीहरुको जिपिए उच्च हुन गएको छ ।

      अत:यसैबाट हाम्रा विद्यार्थीहरुको पढाईको स्तर आँकलन गर्न सकिन्छ की ! केही राम्रा अब्बल विद्यार्थी बाहेक अधिकांशले आफ्नो वास्तविक क्षमता के हो भन्ने कुरा नत स्वयमले मनन गरेका छन्, नत आफ्ना छोरा छोरीको क्षमता, चाहना, रुची अभिभावकले बुझेका छन् । अझ अभिभावकहरु त आफ्ना छोराछोरीले पढाईमा ध्यान नदिए पनि उच्च अङ्क प्राप्त गरेकामा मख्ख परेर बसेका छन् । केहीलाई छाडेर धेरै जसो बालबालिकाको हालत माथि बर्णन गरिए जस्तै छ । संस्थागत तथा सामुदायिक विद्यालयहरुले कक्षा ११ मा भर्नाका आकर्षक ब्यानर, पोस्टर, अनलाइन प्रचारप्रसार गरिरहेका छन् । घर घर विद्यार्थीहरु बटुल्न कुदिरहेका छन् । संकाय नै नरहेको कक्षा ११ र१२ को पाठ्यक्रमलाई यो र ऊ संकायमा भर्ना खुल्यो भनिरहेका छन् । यद्यपि, गतबर्ष देखिनै ११ र१२ मा संकाय छैन । कक्षा ११ र १२ लाई पनि विद्यालय तहकै शिक्षामा रुपान्तरण गरिएको छ । त्यसैले कक्षा ११ मा भर्ना हुँदा विषय छनोटमा विशेष ध्यान दिइनुपर्ने हुन्छ । अहिले विषय छनोटमा ध्यान नदिए उच्च शिक्षामा कुन संकाय पढ्ने अथवा के पढ्ने भन्ने कुरामा ठूलो समस्या आउँछ । गतवर्षबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू भएको छ । जसमा साधारण, प्राविधिक र परम्परागत शिक्षामा आधारित विषय रहेका छन् ।

      साधारण शिक्षा अन्तर्गत विद्यार्थीले कक्षा ११ मा ८ सय ६४ घण्टामा २७ क्रेडिट आवर पढ्नुपर्छ (१ क्रेडिट आवर बराबर ३२ कार्यघण्टा हुन्छ) भने कक्षा १२ मा पनि यहिसँग सम्बन्धित बिषय नै पढ्नुपर्ने हुन्छ । कक्षा ११ र १२ मा ६/६ ओटा विषय पढ्नुपर्छ । जसमा अनिवार्य विषयका रुपमा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित पढ्नुपर्ने हुन्छ । यी बाहेक अन्य तीनवटा ऐच्छिक विषय पाठ्यक्रममा तोकिएका पहिला ३ ओटा समूह बाट १/१ ओटा छनोट गर्नुपर्ने हुन्छ । यसका साथै विद्यार्थीले चौथो समूहबाट थप ऐच्छिक विषयका रुपमा एउटा विषय पढ्न पाउँनेछन् ।

      प्राबिधिक विषयका हकमा एसईईपछि विद्यार्थी प्राविधिक शिक्षा डिप्लोमा र प्रि–डिप्लोमा गरी दुई वटा कोर्स पढ्न पाउँछन् । डिप्लोमा ३ वर्षे कोर्ष रहेको हुन्छ भने प्रि–डिप्लोमा १८ महिने कोर्ष हुन्छ । यस अन्तर्गत स्वास्थ्य (नर्सिङ, फार्मेसी आदि) हस्पिटालिटी (होटेल एण्ड टुरिजम), इन्जिनियरिङ र कृषि, भेटनरी, फुड टेक्नोलोजी आदि जस्ता विषय पर्दछन ।

      भर्खरै एसईईको नतिजा हातमा लिएर बसेका भाइबहिनीले कक्षा ११ मा कुन विषय पढ्ने र कस्ता विद्यालय तथा कलेजमा भर्ना हुने भन्ने विषयमा छोटो चर्चा गरौ । धेरै जसो अभिभावकहरुले छोराछोरीको एसईई हेरेर बिषय छनौट गर्न दबाब दिने गरेको पाइन्छ । विज्ञ तथा आफु भन्दा सिनियरहरुको सुझाव र सल्लाह एकातर्फ लिनुपर्ने हुन्छ भने अर्कोतर्फ सर्बप्रथम स्वयं विद्यार्थीले आफ्नो क्षमता के हो ? आफ्नो रुची के मा छ ? भोलिको आफ्नो भविष्यको सपना कुन बिषयले पूरा गर्ला ? परिवारको आर्थिक हैसियत कस्तो छ ? आफूले पढ्ने बिषयको बजारमा माग कस्तो छ ? आदि बिचार गरेर बिषय छनौट गर्नु पर्दछ न कि साथीभाइको लहै लहैमा वा एसईईको नतिजाका आधारमा । त्यस्तै विद्यालय वा कलेज छनौट सही हुन पनि जरुरी छ । आफूले पढ्ने विद्यालय वा कलेजको भौतिक अवस्था कस्तो छ ? आफूले रोजेको बिषय त्यहाँ पढाई हुन्छ कि हुन्न ? आधुनिक प्रबिधियुक्त छ छैन रु प्रयोगात्मक विषयका लागि ल्याबको व्यवस्था छ वा छैन रु पढाउने दक्ष शिक्षकको अभाव छ की रु समग्रमा व्यवस्थापन पक्ष कस्तो छ ? आफ्नो आर्थिक हैसियतले खर्च पुर्याउन सकिन्छ ? जस्ता थुप्रै कुराप्रति सजग हुन जरुरी छ ।

      अब कुन बिषयले भोलिका दिनमा के बन्न सहयोग गर्दछ भन्ने बारे केही कुरा गरौ । अनिवार्य बिषय सबैले पढ्नैपर्ने विषय भइहाले, ऐच्छिक विषयमा विज्ञान सम्बद्ध विषयका छनौटले डाक्टर, इन्जिनियर, फरेस्टर, बिएससी नर्सिङ, बिएससी एग्रिकल्चर, फार्मेसी, बिटेकजस्ता प्राबिधिक विषय तथा पेसामा भविष्य बनाउन सक्छन् । यो विषय पढ्न केही गारो भए पनि यो विषय लिएर अध्ययन गर्नेका लागि देश र विदेशमा राम्रो अवसर छ । यो विषयको अध्ययन गर्नाले स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षा संकायमा पनि अध्ययन गर्न सकिन्छ । भविष्यमा राम्रो अभिवक्ता बन्ने वा कानून विषयमा नै आफ्नो करिअर बनाउने विद्यार्थीले एसईईपछि कानुन विषय छनोट गर्न सक्छन् । कानुन सम्बन्धी आधारभूत सबै ज्ञान प्राप्त गर्नुका साथै कक्षा १२ पास भएपछि अभिवक्ताको लाइसेन्स लिन पाउने र उच्च अदालतसम्मको वकालतको अभ्यास गर्न सक्ने योग्यता प्राप्त हुन्छ । त्यस्तै व्यवस्थापन सम्बद्ध विषयको छनौटबाट बैंकिंङ क्षेत्रमा रोजगारी प्रवेशका अवसरहरु प्राप्त हुन्छन भने शिक्षा सम्बद्ध विषयका अध्ययन पूरा गरी सकेपछि शिक्षण पेशामा प्रवेश गर्ने अवसर पाउँछन् । साथै शिक्षा सेवा अन्तर्गत प्राबिधिक सहायक पदमा प्रतिस्पर्धा गर्न पाउँछन् भने स्नातक तह पूरा गरेपछि विद्यालय निरीक्षक, प्रशिक्षकजस्ता पदमा उमेद्वार बन्न सक्छन् । मानविकी सम्बद्ध विषयको छनौटले आफुले रोजेको विषयको विज्ञ बन्न मद्दत गर्दछ । प्राबिधिक विषयको छनौटले सम्बन्धित बिषयमा विज्ञता हासिल गरी उद्योग, कलकारखानामा रोजगारीका ढोकाहरु खुल्दछन् ।

      अन्त्यमा, भविष्यको खोजीमा भौतारिएका समग्र भाइबहिनीहरुको विषय छनौट सही बनोस, अभिभावकज्यूहरुले कुनै प्रेसर नदिकन आफ्ना छोरा छोरीको भविष्य खोज्न, सही विद्यालय तथा कलेज छनौटमा सकारात्मक सहयोग मिलोस्, अभिभावकको लगानी खेर नजाओस् । आफूले करकापका भरमा छनौट गरेका विषयले भविष्यमा भाइबहिनीहरुलाई डिप्रेसनमा नपुर्याओस । बर्तमानमा छनौट गरिएका विषयहरुले विद्यार्थी भाइबहिनीहरुलाई अनन्तकालसम्म सहयोग पुगोस् । कक्षा ११ मा भर्ना हुने समस्त भाइ बहिनीहरुलाई उज्वल भविष्यको हार्दिक शुभकामना ।

      (लेखक पौडेल सुनसरीको रामधुनी नगरपालिकामा पर्ने आदर्श मावि बकलौरीका प्रधानाध्यापक हुन् ।)

      Tags: Banner
      Previous Post

      लम्पी स्किन रोग देखिएपछि रामधुनी मन्दिरका गाईको उपचार

      Next Post

      अपरिपक्व मेयर कार्की, जो आलोचना सहँदैनन्

      रवीन्द्र पौडेल

      रवीन्द्र पौडेल

      सम्बन्धित खबर

      शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय
      दृष्टिकाेण

      इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

      by रवीन्द्र पौडेल
      १३/११/२०८२
      0

      रामधुनी । इहटरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हल्ला, आरोप र विरोध मात्रले देश नबन्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा...

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी
      दृष्टिकाेण

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

      by रवीन्द्र पौडेल
      ११/०८/२०८२
      0

      सुनसरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यता नेतृत्वले अनुचित तरिकाले रोकेको बताएकी...

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      १०/०८/२०८२
      उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

      उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

      २९/०७/२०८२
      फायल तस्बिर

      नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

      २१/०७/२०८२
      अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

      अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

      १३/०७/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana