रामधुनी । झुम्का जेसीजले स्थानीय जेष्ठ नागरिकलाई टेक्ने लौरी, ढाका टोपी र जेष्ठ महिलालाई गम्छा प्रदान गरेर सम्मान गरेको छ । बिहीबार रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसीजले सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले जेष्ठ नागरिक समाजको धरोहर भएको उल्लेख गरे । उनले भने, ‘जेष्ठ नागरिकप्रति सम्मान र कदर गर्नु हाम्रो नैतिक कर्तव्य हो । यस्ता कार्यक्रमले जेष्ठ नागरिकलाई खुसी मिल्छ । जेसीजको यो काम अत्यन्तै राम्रो हो ।’
त्यसैगरी, झुम्का जेसीजका अध्यक्ष दिपेश वराइलीले सामाजिक उत्तरदायित्वअनुरूप जेसीजले निरन्तर सेवा कार्य गर्दै आएको बताए । उनले भने, ‘ झुम्का जेसीजले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । जेष्ठ नागरिकलाई सम्मान गर्नु हाम्रो संस्कृति हो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’
समाजसेवामा सक्रिय झुम्का जेसीजले प्रत्येक बर्ष जेसीज सप्ताहाको रुपमा विभिन्न सामाजिक काम गर्दै आएको छ ।


































Discussion about this post