नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले बिहीबार घटनाको थप अनुसन्धानका लागि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा लामिछाने प्रहरी हिरासतमा छन् ।