रामधुनी । खोटाङ–सुनसरी सम्पर्क मञ्च गठन गरिएको छ । शनिबार झुम्कामा सम्पन्न कार्यक्रममा दीपक अधिकारीको संयोजकत्वमा ७१ सदस्यीय नयाँ समिति घोषणा गरिएको हो ।
पुख्र्याैली घर खोटाङ भई सुनसरीमा बसोबास गर्ने विभिन्न पेशा–व्यवसाय, राजनीति, शिक्षा तथा सामाजिक क्षेत्रमा संलग्न व्यक्तिहरूलाई जोडनका लागि सम्पर्क मञ्च गठन गरिएको संयोजक अधिकारीले बताए ।
यसले खोटाङ र सुनसरीका बीच आपसी सहकार्य, सहयोग र एकताका गतिविधि सञ्चालन गर्ने र मञ्चलाई सिर्जनशील र परिणाममुखी बनाउँदै लगिने अधिकारीको भनाई छ ।
कार्यक्रममा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ समेत उपस्थित थिए ।


































Discussion about this post