सुनसरी । जिल्ला प्रहरी परिसर काठमाडा नक्कली कागजात बनाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई सामाखुसीस्थित टाउनप्लानिङबाट आइतबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा गोरखाको शहिद लखन गाउँपालिका–४ का ४५ वर्षीय अचल लामिछाने, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ का २९ वर्षीय सन्देश गौतम र काभ्रेको रोशी गाउँपालिका–३ घर भएका २१ वर्षीय सविन मगर रहेका छन् ।
उनीहरुले एसईईको सर्टिफिकेट, पुलिस रिपोर्ट, विभिन्न संस्था र होटलमा काम गरेको अनुभव प्रमाणपत्र आदि नक्कली बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध जिल्ला अदालतबाट काठमाडौं ५ दिनको म्याद लिएर लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइहरको प्रहरीले जनाएको छ ।


































Discussion about this post