रामधुनी । सुनसरीको झुम्का कारागारका कैदीबन्दीमा स्वास्थ्य समस्या बढदै गएको छ । पछिल्लो १५ दिनमै चार कैदीबन्दीले ज्यान गुमाएका छन् भने थुप्रै विरामी परेका छन् ।
बुधबार साँझ मात्रै सप्तरीको राजविराज नगरपालिका–८ का ४६ वर्षीय जलेश्वर यादवको उपचारका क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जबरजस्ती करणी मुद्दामा पुर्पक्षमा थुनामा रहेका यादवलाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो ।
यसअघि गत भदौ १५ गते सुनसरीको गढी गाउँपालिका–६ का ५२ वर्षीय रामदेव उराव र भदौ १६ गते धरान उपमहानगरपालिका–१० का २४ वर्षीय सागर राईको मृत्यु भएको थियो । त्यस्तै यहि ४ भदौमा भोजपुरका २८ वर्षीय विकास राईकोसमेत मृत्यु भएको कारागार प्रशासनका निमित्त प्रमुख राम निरौलाले बताए ।
बुधबार राति स्वास्थ्यकर्मीको टोली कारागार पुगेको थियो । स्वास्थ्यकर्मीहरुको सिफारिसका आधारमा अहिले १९ कैदीबन्दीलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
कारागारमा पछिल्लो समय ज्वरोकै कारण थुप्रै कैदीबन्दी बिरामी परेका छन् ।


































Discussion about this post