रामधुनी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाकी पूर्व उपमेयर सविना कुमारी चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपानेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले रामुधनी–३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक कालोपत्रे गर्दा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेर गैरकानुनी लाभ र हानि पुर्याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जानकारी दिए ।
त्यस्तै, तत्कालीन लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्र चौधरी, सब इन्जिनियर हर्षलाल चौधरी, रामुधनी–३ का तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, कार्यपालिका सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सुनील कुमार चौधरीलाईसमेत अख्तियारले मुद्दा दायर गरेको छ ।
उनीहरुमाथि झुट्टा बिल, नापी किताब र कार्यसम्पादन प्रतिवेदन नै झुटो बनाइ २ लाख १२ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरेको आरोप छ । अख्तियारले सडक पिच गर्ने ठेक्का पाएको जालपा सिद्ध निर्माण सेवा, सुनसरीकी प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत) विरुद्ध पनि मुद्दा दायर गरेको छ ।


































Discussion about this post