रामधुनी । नेपाली कांग्रेस रामधुनी नगर कार्य समितिले सुनसरीको रामधुनी नगरपालिका र मेयर शंकरलाल चौधरीको कार्यशैलीलाई लिएर असन्तुष्टि व्यक्त गरेको छ ।
नगर कार्य समितिको तर्फबाट आइतबार मेयर चौधरीलाई २५ बुदे ध्यानाकर्षण पत्र बुझाउँदै सभापति सुदीप अधिकारीसहितको टोलीले कांग्रेसको मौनतालाई कमजोरीका रुपमा लिने दुस्साहस गरे आफुहरु चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मेयर चौधरीले राजनीतिक दलहरुसँग कुनै पनि प्रकारको समन्वय नगर्ने र आफू पनि बिकास निर्माणमा गतिलो काम गर्न नसक्ने प्रबृतिले रामधुनी पछाडि परेको कांग्रेसको ठहर छ ।
पत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खेलकुद, उद्यमशिलताजस्ता क्षेत्रको बिकासमा काम गर्न नगरपालिकालाई आग्रह गरिएको छ ।
त्यस्तै कांग्रेसले नगरपालिकाले दिने गरेको आर्थिक सहयोग पार्टीका कार्यकर्ताको भरणपोषणका लागि वितरण गर्ने गरिएको आरोपसमेत लगाएको छ ।
रामधुनीमा मेयर चौधरी, उपमेयर तारा थापासहित बहुमत जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित छन् । सभापति अधिकारीसँगै कांग्रेसबाट प्रतिनिधित्व गर्ने ३ जना वडा अध्यक्षहरु लेखनाथ बास्तोला (भोला), शिवशंकर राजधामी र महेश चौधरीसमेत ध्यानाकर्षण पत्र बुझाउँन नगरपालिका पुगेका थिए ।
कांग्रेसको पत्र बुझ्दै मेयर चौधरीले आफुले गरेका राम्रा कामहरुको प्रचारप्रसार नगरिएको र खाली बिरोध मात्रै हुने गरेको भन्दै गुनासो गरेका छन् । गौरबको योजनाका रुपमा ९ ओटै वडामा बाटाहरु पिच गर्ने, इलाका प्रहरी कार्यालयको स्थापना, बजारमा पोलबत्ति जडान लगायत आफूले थुप्रै राम्रा कामहरु गरिरहेको उनको दावी छ ।
हेर्नुहोस् ध्यानाकर्षण पत्र

































Discussion about this post