रामधुनी । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रामधुनी मन्दिर जाने बाटो २ करोड ३० लाख बजेट खर्चेर स्तरोन्नति गरिने भएको छ ।
खाल्डाखुल्डी धेरै भएर जनगुनासो बढेकाले झुम्का–सिङ्गीया–लालपुर हुँदै रामधुनी मन्दिर पुगिने बाटो स्तरोन्नतिको तयारी गरिएको हो ।
उक्त सडकखण्ड अन्तर्गत सिङ्गीया खण्डमा प्रदेश सरकारको ३० लाख र संघीय सरकारको ५० लाख बजेटमा बाटो स्तरउन्नती हुँदैछ भने रामधुनी नगरपालिका–४ को बैठार चौकदेखि मन्दिरसम्म नगरपालिकाको आन्तरिक श्रोतबाट एक करोड ५० लाख बजेटमा बाटो स्तरोन्नति गरिने नगर प्रमुख शंकरलाल चौधरीले हाम्रोशब्दलाई जानकारी दिए ।
‘मैले रामधुनी मन्दिर जाने व्यवस्थित र दिर्घकालिन बाटो निर्माणका लागि संघीय संसदका माननीयहरु ज्ञानेन्द्र बहादुर कार्की र भीम आचार्यलाई आग्रह गरिरहेको छु । उहाँहरुले हुन्छ पनि भन्नूभएको छ । तर कहिले हुन्छ, त्यो समय लाग्छ ।’ उनले भने, ‘त्यसैले मैले सानोतीनो बजेट खर्चेर भए पनि यात्रुहरुलाई समस्या नहोस् भनेर स्तरोन्नतिको काम अगाडि बढाएँ ।’
खाल्डाखुल्डी परेर सकड बिग्रदा तीर्थयात्री र स्थानीयलाई यात्रा गर्न समस्या हुने गरेको भन्दै उक्त बाटोको बिषयलाई लिएर नगरपालिकाको चर्को आलोचना हुने गरेको थियो ।
लालपुर, मानपुर, प्रकाशपुर, राजावास, सालवनी लगायतका स्थानीयलाई पूर्व–पश्चिम राजमार्गको झुम्कासँग जोडने यो छोटो दूरीको सडक हो । खाल्डाखुल्डी परेको सडक समयमा मर्मत नहुँदा तीर्थयात्री र स्थानीयलाई समस्या हुने गरेको थियो ।

































Discussion about this post