सुनसरी । जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका विभिन्न अपराधमा सजाय भोगिरहेका आठ जना कैदीबन्दीलाई धनकुटा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार फरार कैदीबन्दीहरूलाई नियन्त्रणमा लिन जिल्ला–जिल्लाबीच समन्वय, सूचना संकलन तथा निगरानी सञ्जाल सक्रिय बनाइएको थियो ।
सोही अभियानको परिणामस्वरूप कर्तव्य ज्यान, अङ्गभङ्ग, जबरजस्ती करणी, चोरी र लागूऔषध गाँजा मुद्दामा सजाय तोकिएका कैदीबन्दीहरू पुनः कारागार चलान गरिएका हुन् ।
धनकुटाका प्रहरीका अनुसार फरारमध्ये केही कैदी आफ्नै घर वरपर लुकिछिपी बसेका थिए भने केहीले स्थान परिवर्तन गर्दै पक्राउबाट बच्न प्रयास गरेका थिए ।
फरार सबै कैदीबन्दीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार बुझाइएको प्रहरीले जनाएको छ ।


































Discussion about this post