काठमान्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार यतिबेला पोखरामा रहेको छ ।
पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहसहित शाही परिवारका सदस्यहरू शुक्रबार पोखराको बाराहीघाटस्थित ३१ पार्क होटल परिसरभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’ मा देखिएका हुन् ।
उनीहरू रेस्टुरेन्टमा भोजनका लागि पुगेका थिए ।
होटलका अनुसार शाही परिवारको आगमनले रेस्टुरेन्ट परिसरमा विशेष र गरिमामय वातावरण बनेको थियो ।
भोजनपछि पूर्वराजा शाहले रेस्टुरेन्टको सेवा, आतिथ्यता तथा वातावरणप्रति सन्तुष्टि व्यक्त गरेका थिए।
उनले पोखराको आतिथ्य संस्कृतिको प्रशंसा गर्दै यस्ता सेवा र गुणस्तरले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने संकेत गरेको होटल स्रोतले जनाएको छ।



































Discussion about this post