रामधुनी । आगामी आर्थिक बर्षदेखि सुनसरीको रामधुनी नगरपालिकाले नगरमा कार्यरत करारका कर्मचारीलाई स्थायी कर्मचारी सरह तलब–भत्ता दिने घोषणा गरेको छ ।
आइतबार नगरपालिकाको १४ औं नगर सभामा आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शंकरलाल चौधरीले यस्तो घोषणा गरेका हुन् ।
उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘आर्थिक बर्ष २०८०/०८१ देखि करारका कर्मचारीलाई पनि नेपाल सरकारको तलबमान अनुसार तलब भत्ता भुक्तानी गर्न व्यवस्था मिलाइने छ ।’
नगरपालिकाको नीति तथा कार्यक्रम आइतबारको नगर सभाले पारित गरिसकेको छ । योसँगै आगामी साउन १ गतेदेखि रामधुनीमा कार्यरत करारका कर्मचारीलेसमेत स्थायी कर्मचारी सरह तलब–भत्ता पाउँनेछन् ।
नगरपालिकामा अनावश्यक करारका कर्मचारी भएको भन्दै त्यस्ता कर्मचारी हटाउनुपर्ने माग सार्वजनिक बृत्तमा हुने गरेको भए पनि नगरपालिकाले भने तलब–भत्ता बढाउने निर्णय गरेको छ ।

































Discussion about this post