बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले वडा नम्बर ६ र ९ स्थित श्रीलंका टापु क्षेत्रमा रहेको २५ सय विघा जमिन नीजि क्षेत्रलाई लिजमा दिने सम्झौता र सिफारिस केहि पनि नभएको बताएका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै कार्कीले टापुको करिब २५ सय बिघा जमिन निजी क्षेत्रलाई लिजमा दिने सहमति भएको भन्ने समाचार भ्रामक र कपोकल्पित भएको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘बराहक्षेत्र नगरपालिकाले करिब २५ सय विघा जमिन ९९ बर्षका लागि लिजमा दिन सिफारिस गरिएको भन्ने भ्रामक तथा बस्तुनिष्ठताको विश्लेषण नगरि नागरिक दैनिकमा प्रकाशन भएको समाचार तथा सामाजिक सञ्जालमा भएका टिका टिप्पणीप्रति नगरपालिकाको गम्भीर ध्यानकर्षण भएको छ ।’































Discussion about this post