रामधुनी । धार्मिक तथा पर्यटकीय स्थल रामधुनी मन्दिर परिषरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । आइतबार रामधुनी नगरपालिकाको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुसोत्तम ढकाल, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
मन्दिर सरसफाई कार्यक्रमलाई निरन्तरता दिइने र अभियानकै रुपमा सञ्चालन गर्ने नगरपालिकाको तयारी छ । ‘१५ दिन अथवा मासिक रुपमा कसरी हुन्छ हामीले यो मन्दिर सरसफाईलाई अभियानकै रुपमा सञ्चालन गर्छौँ र मन्दिर घुम्न लायक सफा बनाउँछौँ ।’ कार्यक्रममा बोल्दै उपप्रमुख तारा थापाले भनिन्, ‘यो मन्दिर धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ । हाम्रो नगरको इज्जतसँग पनि जोडिएको बिषय हो ।’
त्यस्तै, नगर प्रमुख चौधरीले राम भगवानसँग जोडिएको बिषय सबैको मनमा भएको र मन्दिरको चर्चा मेची–महाकालीदेखि भारतसम्म पनि हुने गरेकाले सरसफाईलाई प्राथमिकता दिइने बताए ।


































Discussion about this post