रामधुनी । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रामधुनी मन्दिर परिसरमा अष्टचिरञ्जीवि मन्दिरको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच मन्दिरको उद्घाटन गरिएको हो ।
जनसरोकार नागरिक उपभोक्ता मञ्चले विभिन्न संघ–संस्था र व्यक्तिहरुबाट सहयोग संकलन गरेर करिब ४२ लाख ८० हजार लागतमा मन्दिर निर्माण गरिएको निर्माणकर्तामध्यका एक घनश्याम रिजालले हाम्रोशब्दलाई जानकारी दिए । रिजालका अनुसार रामधुनी नगरपालिकाले १२ लाख ७७ हजार सहयोग गरेको भने बराहक्षेत्र नगरपालिकाले करिब १ लाख सहयोग गरेको छ ।
कार्यक्रमका नगर प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, रामधुनीका पूव नगर प्रमुख जय प्रकाश चौधरी, रामधुनी मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्की लगायतको उपस्थिति रहेको थियो ।
२०७७ चैत्रमा मन्दिर निर्माण सुरु गरिएको भए पनि कोराना महामारीका कारण निर्माण कार्यमा ढिलाई भएको हो ।

































Discussion about this post