रामधुनी । शौचालयको अभावमा खुल्ला ठाउँमा शौच गर्न बाध्य विपन्न बस्तिमा १ सय १० ओटा शौचालय निर्माण गरिने भएको छ ।
सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ मा पर्ने लभटोलीया, पुरानो मुसहर बस्ति, सितपुर नहर टोलको सुकुम्बासी बस्ति र सितपुर मुसहर बस्तिमा १ सय १० ओटा शौचालय निर्माण गरिने भएको हो । मुसहर बस्तीमा शौचालय नहुँदा त्यहाँका बासिन्दा खेतबारी, खोलानाला र झाडीमा शौच गर्न बाध्य छन् ।
रामधुनी नगरपालिका, ९ नम्बर वडा कार्यालय, सेभ द अर्थ र इटिसी नेपाल संस्थाको सहकार्यमा शौचालय निर्माण गर्न लागिएको वडा अध्यक्ष घनश्याम चौधरीले हाम्रोशब्दलाई जानकारी दिए ।
यसअघि ९ नम्बर वडामै पर्ने ‘तिनटोलीया मुसहर बस्ति’मा ५० ओटा शौचालय निर्माण गरिएको थियो ।
आफ्नो कार्यकाल भरिमा सम्पुर्ण मुसहर समुदाय वा शौचालय नै बनाउँन नसकेर खुल्ला स्थानमा शौच गर्न बाध्य सबै विपन्न वडाबासीलाई शौचालय निर्माण गरिदिने वडा अध्यक्ष चौधरीले बताए ।
वडा, नगरपालिका हुँदै २०७५ असारमा सिंगो सुनसरी जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको भए पनि हालसम्म मुसहर बस्तिमा शौचालय बन्न सकेको छैन ।
वडाको १० लाख नगरपालिकाको ६ लाख तथा इटिसी नेपाल र सेभ द अर्थकोसमेत सहकार्यमा शौचालय निर्माण हुनेछ ।

































Discussion about this post