रामधुनी । रामधुनी नगरपालिकाले जेष्ठ नागरिकलाई प्राथमिकतमा राखेको छ ।
चालु आर्थिक बर्ष नगरपालिकाले ९ ओटै वडामा प्रत्येक वडाका ३०/३० जना गरि २७० जना जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको थियो । जाडो छल्न दलित तथा विपन्न वर्गका जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको गरिएको हो ।
जाडो मौसममा दलित तथा विपन्न वर्गका जेष्ठ नागरिकलाई समस्या नहोस् भन्ने उद्देश्यले नगरपालिकाले सिरक वितरण गरेको हो । अपांगता भएका र हिडडुल गर्नै समस्या हुने वृद्धवृद्धालाई सिरक लिएर नगर प्रमुख चौधरी आफै घरघरसमेत पुगेका थिए ।
त्यस्तै, विपन्न जेष्ठ नागरिकलाई उपचारमा आर्थिक सहायता प्रदान गर्नेदेखि जेष्ठ नागरिक सरोकार समाजलाई विभिन्न भ्रमणमा जान आर्थिक सहयोग गर्ने कामसमेत नगरपालिकाले गर्दै आएको छ ।
त्यसैगरी नगरपालिकाले जेष्ठ नागरिकको दाँत निर्माणका लागि सहयोग गर्ने भएको छ । भर्खरै सम्पन्न १८ औँ नगर सभामा उपप्रमुख तारा थापाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यस कार्यक्रमलाई समेटिएको हो । नगरपालिकाले दाँत बनाउने खर्च व्यहोर्नका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले नगरभित्रका जेष्ठ नागरिकलाई दन्त स्वास्थ्य सुधार तथा कृत्रिम दाँत जडानमा यो सहयोग उपलब्ध गराउने जनाएको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

































Discussion about this post