रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर १ मा झुम्का बजार हुँदै मिठु चोकतर्फ जोडिने सडकको स्तरोन्नतिका लागि नगरपालिकाले निरन्तर रुपमा बजेट विनियोजन गर्दै आएको छ । यो बाटो नगर गौरवको योजना अन्तर्गत निर्माण गरिँदैछ । जसमा प्रत्येक आर्थिक वर्ष करिब ५० लाख रुपैयाँ बराबरको बजेट छुट्याइँदै आएको छ ।
सडक विस्तारसँगै झुम्का बजार क्षेत्रसँग सैनीमैनी, भादगाउँ, मिठुचोक, डुमरिया तथा छिमेकी इटहरी उपमहानगरपालिकाकामा पर्ने उब्धी, एकम्बा, झोरापटा, पोखरीया, पढरिया प्रत्यक्ष जोडिन थालेका छन् । यसले ग्रामीण बस्तीलाई बजारसँग जोड्ने पुलको काम गरिरहेको छ ।
यसले झुम्का बजारलाई चलायमान बनाउँने काम गरेको छ भने गाउँघरका कृषि उत्पादनलाई बजारसम्म ल्याउँन सहज भएको नगर प्रमुख शंकरलाल चौधरीले बताए । उनले भने, ‘सडक सञ्जालको सुधारले बजार विस्तारसँगै कृषिजन्य उत्पादनको सहज बिक्री, यातायातको पहुँच, र समग्र आर्थिक चहलपहलमा महत्वपूर्ण टेवा पुगेको छ ।’
योजना पूरा भएपछि स्थानीयको आवागमन मात्र नभई झुम्काको आर्थिक गतिविधिमासमेत गुणात्मक फड्को आउने अपेक्षा गरिएको छ । वितमा धुलो र हिलो मात्रै हुने नहरको डील पिच भएपछि स्थानीवासी खुसी भएका छन् ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

































Discussion about this post