रामधुनी । रामधुनी नगरपालिकाले बजार क्षेत्रलाई रातिको समयमा सुरक्षित, सक्रिय र आकर्षक बनाउने उद्देश्यले ‘उज्यालो बजार अभियान’ अघि बढाएको छ । अभियानअन्तर्गत हालसम्म नगरको विभिन्न स्थानमा ८ ओटा टावर लाइट निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
लगभग ८ सय वाटदेखि २ हजार वाट क्षमताका टावर लाइटहरू लगौना चोक, लायन्स चोक, शनि मन्दिर छेउ, नहर किनारको लायन्स गेट, मासु पसल नजिक, शिवचोक र परियारपुर चोकमा एक÷एक वटा जडान गरिएका छन् । त्यस्तै वडा नम्बर ५ मा रहेको झुम्का मिनी पार्कमा दुई ओटा टावर लाइट राखिएको छ ।
नगर उपप्रमुख तारा थापाले उज्यालो बजार अभियान बजार क्षेत्रको बिकासका लागि आवश्यक रहेको बताइन । रातीको समयमासमेत उज्यालो हुँदा बजारमा व्यवसायिक गतिबिधि बढनूका साथै बजार सुरक्षितसमेत हुने उनको दावी छ । उनले भनिन्, ‘साँझपख अँध्यारो भएपछि बजार क्षेत्रमा सुरक्षाको चुनौती देखिन्थ्यो । अब टावर लाइटले जनताको आवागमन, व्यापार र सामुदायिक गतिविधिमा सहजता ल्याएको छ ।’
नगर प्रमुख शंकरलाल चौधरीले यो अभियान नगर सौन्दर्य, सुरक्षा र जनजीवन सहज बनाउने दीर्घकालीन सोचअनुसार अघि बढाइएको बताए । उनले भने, ‘अबका दिनमा नगरका अन्य चोक, टोल र सामुदायिक स्थानहरूमा पनि टावर लाइट विस्तार गर्दै लैजाने र अन्य साना बत्तिको व्यवस्था गर्ने हाम्रो योजना छ ।’
नगरपालिकाले चालु आर्थिक बर्षमै १२ नगर प्रहरी नियुक्त गरेको छ । नगर प्रहरीमार्फत बजारको सुरक्षालाई बिशेष ध्यान दिइने नगर प्रमुख चौधरीले बताए ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post