रामधुनी । रामधुनी नगरपालिका वडा नं. ९ ले एकै आर्थिक वर्षमा १ सय १ जना कृषकलाई विषादी छर्ने स्प्रे वितरण गरेको छ । कृषिलाई यान्त्रीकरण गर्दै किसानलाई सहज बनाउने उद्देश्यसहित वडाले ५० प्रतिशत अनुदानमा स्प्रे उपलब्ध गराएको हो ।
वडा सचिव जयराम चौधरीका अनुसार स्थानीय कृषकलाई विषादी छर्ने समयमा सहजता होस् भनेर वडाले अनुदानमा स्प्रे वितरणको कार्यक्रम सञ्चालन गरेको हो । उनका अनुसार योग्य किसानको नाम संकलन गरी प्राथमिकताका आधारमा वितरण गरिएको थियो ।
वडा अध्यक्ष घनश्याम चौधरीले कृषिमा आधारित वडाको अर्थतन्त्रलाई सबल बनाउन यस्ता उपकरणले सहयोग पुर्याउँने बताएका छन् । उनले भने, ‘हामी कृषिमा प्रविधिको प्रयोग बढाउनेतर्फ लागेका छौं । किसानलाई उत्पादन बढाउन आधुनिक उपकरण पहुँचमा ल्याइरहेका छौं ।’ यस कार्यक्रमबाट स्थानीय किसानहरू उत्साहित देखिएका छन् । विशेषगरी साना किसान, महिला कृषक र पिछडिएको वर्गका कृषकले अनुदानमा स्प्रे पाएपछि वडाप्रति आभार व्यक्त गरेका छन् ।
रामधुनी–९ मा कृषिको सम्भावना उच्च रहेको र उत्पादनलाई व्यावसायिक दिशातर्फ लैजान यस्ता उपकरणको ठूलो भूमिका हुने स्थानीयको बुझाइ छ । वडाले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । यो वडामा एक सयभन्दा बढी स्यालो वोरिङ जडान गरिएको छ भने डिप वोरिङ निर्माणका काम भइरहेका छन् । २ ओटा डिप वोरिङ निर्माणको काम सपन्न भएको छ भने २ ओटा निर्माणाधीन रहेका छन् ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post