सुनसरी । कोशी प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको आमसञ्चार विधेयकविरुद्ध पत्रकार आन्दोलित बनेका छन् । शुक्रबार प्रदेशसभा अगाडिको निषेधित क्षेत्रमा भेला भएका पत्रकारहरूले विधेयक तत्काल फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन् ।
शान्तिपूर्ण धर्ना चलिरहेका बेला प्रहरीले निषेधित क्षेत्र तोडेको भन्दै हस्तक्षेप गरेपछि पत्रकार र सुरक्षाकर्मीबीच ठेलमठेल भएको थियो । यस क्रममा वातावरण केही असामान्य बनेको थियो ।
आन्दोलनमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, महासचिव हेमा चेम्जोङ लगायत अन्य सक्रिय पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो । समीक्षाको लागि न्याय प्रशासन तथा विधायन समितिबाट पारित भई शुक्रबार प्रदेशसभामा पेस भएको विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यही प्रावधानलाई प्रेस स्वतन्त्रतामाथि आघात मान्दै पत्रकारहरूले आन्दोलित बनेका हुन् ।

































Discussion about this post