रामधुनी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८१/०८२ को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिसा) मा बराहक्षेत्र नगरपालिका सुनसरी जिल्लामै उत्कृष्ठ भएको छ ।
योसँगै वराहक्षेत्रले लगातात ३ बर्ष जिल्लामा उत्कृष्ट नम्बर प्राप्त गर्न सफल भएको छ । लिसामा वराहक्षेत्रले जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाभन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको हो । वराहक्षेत्रले कूल एकसय पूर्णाङ्कमा ८५.७५ अङ्क प्राप्त गरेको हो ।
संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनसरीलो भोक्राह नरसिंह गाउँपालिकाले ८०.५० अंङ्क प्राप्त गरेको छ । दुहवी नगरपालिकाले ८०.२५ अंङ्क, इटहरी उपमहानगरपालिकाले ८० अंङ्क, धरान उपमहानगरपालिकाले ७७. ५० अंङ्क, हरिनगरा गाउपालिकाले ७३, इनरुवा नगरपालिकाले ७१.२५, गढी गाउँपालिकाले ७१ अंक प्राप्त गरेका छन् । त्यस्तै बर्जु गाउपालिकाले ६८.५०, कोशी गाउपालिकाले ६४ अंङ्क, देवानञ्ज गाउपालिकाले ५६ र रामधुनी नगरपालिकाले ५३.५० अंङ्क प्राप्त गरेको गरेका छन् ।
बराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख रमेश कार्की छन् ।

































Discussion about this post