सुनसरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी क्षेत्रलाई समाजवादको आधारशिला बताउँदै नियमनकारी संयन्त्र तत्काल आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशभर ३४ हजारभन्दा बढी सहकारी सञ्चालनमा रहे पनि स्पष्ट नियमनको कमीले समस्या बढ्दै गएको बताए ।
शर्माले न्याय पाउने अधिकार पीडितको हातमा पुग्नुपर्ने उल्लेख गर्दै सहकारीमा रकम जम्मा गर्ने सर्वसाधारणलाई सुरक्षित राख्न सरकार जिम्मेवार बन्नुपर्ने माग गरे । उनले भने, ‘सहकारी समाजको हो, न्याय फलानोलाई होइन पीडितलाई चाहिएको हो ।’
उनले बुटवलकी सीता दर्जीको उदाहरण दिँदै प्रश्न गरे, ‘कम खाएर जम्मा गरेको पैसा सुप्रिम सहकारीले डुबाउँदा सीता दर्जी जस्तै पीडितलाई सरकारले सम्झेको छ कि छैन ? एउटा सीता पूजिन्छन्, अर्की सीता लुटिन्छन्, यो विडम्बना होइन र ?’

































Discussion about this post