इटहरी । जेनजी पुस्ताका युवाहरूले सोमबार इटहरीमा गरेको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना नआएसम्मका लागि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका हुन् ।
कर्फ्यु आदेशअनुसार तोकिएको क्षेत्रभित्र सर्वसाधारणलाई हिँडडुल गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक गर्न, सरकारी कार्यालय वा व्यक्तिलाई घेराउ गर्न कडाइका साथ निषेध गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले तोकिएको क्षेत्रमा कफ्र्यु उल्लंघन गर्नेहरूमाथि कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ ।
कर्फ्यु लागू हुने चारकिल्ला क्षेत्र
उत्तरतर्फ : हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म
पूर्वतर्फ : मिलन चोकदेखि जुट विकास कार्यालयभित्रसम्म
दक्षिणतर्फ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चौक हुँदै बसपार्क क्षेत्रसम्म
पश्चिमतर्फ : कलङ्की मोडदेखि जनता बस्तीभित्रसम्म

































Discussion about this post