रामधुनी । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राती सुनसरीको झुम्का कारागारबाट भागेकामध्ये १ हजार ९२ कैदीबन्दी पुनः कारागार फर्किएका छन् ।
कारागार प्रशासनका प्रमुख सुवास लामिछानेका अनुसार ७ सय ४ जना कैदीबन्दी अझै फरार छन् । त्यसमा ५० जना भारतीय नागरिकसमेत फरार रहेका छन् । कुल ६१ भारतीयमध्ये ११ जना मात्रै कारागार फर्किएका हुन् ।
कारागारमा १ हजार ७९६ जना कैदीबन्दी रहेका थिए । जेनजी आन्दोलनको दोस्रो दिन बेलुका राती कारागारबाट सबै कैदीबन्दी बाहिरिएका थिए ।
कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई असोज २० गते भित्र कारागार फर्किन र सो समयभित्र नफर्किए कानुनबमोजिमको कारबाही हुने चेतावनीसमेत दिएको थियो । तर, अझैसम्म झुम्का कारागारका ७ सय ४ कैदीबन्दी फर्किका छैनन् ।
तोकिएको समयमा नफर्किने कैदीबन्दीलाई कारागार ऐनअनुसार कारबाही हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले बताए । उनले फरार कैदीबन्दीको खोजीमा प्रहरी आक्रामक ढंगले अगाडि बढ्नेसमेत बताए ।



































Discussion about this post