रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ कर्मनिया टोलमा स्थानीय सिटी सफारी चालक दिनेश चौधरीको हत्या भएको छ ।
शनिबार बेलुका करिब ५ बजे कर्मनिया टोलस्थित नहरको डीलमा सफारी चलाइरहेका दिनेशको हत्या भएको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख लेखनाथ दाहालले पुष्टि गरे ।
चौधरीले प्र–१–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चलाएर नहरको डील हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै थिए । सोहि क्रममा मोटरसाइकलमा सवार अज्ञात समूहले गोली हानेको हुनसक्ने स्थानीयको दावी छ ।

प्रहरीका अनुसार मृतकको छातीमा गहिरो चोट लागेको छ । मृतकलाई गोली हानेर मारिएको वा अन्य तरिकाले मारिएको थप अनुसन्धान र पोष्टमार्टम रिपोर्टका आधारमा एकिन हुँने प्रहरीले जनाएको छ । चौधरीको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
आइतबार बिहानै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेसमेत घटनास्थित पुगेका छन् । घटनाबारे प्रहरीले गम्भीरतापूर्वक अनुसंन्धान गरिररहेको एसपी थेबेले बताए ।




































Discussion about this post