रामधुनी । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बेलुका सुनसरीस्थित झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये ६ सय ७ जना अझै फरार रहेका छन् ।
झुम्का कारागार प्रशासनका प्रमुख सुवास लामिछानेका अनुसार कारागारमा कुल १ हजार ७ सय ९६ जना कैदीबन्दी रहेका थिए । जेनजी आन्दोलनको दोस्रो दिन बेलुका सबै कैदीबन्दीहरु बाहिरिएका थिए ।
‘आन्दोलनका क्रममा सबै कैदीबन्दी बाहिरिएका थिए,’ प्रमुख लामिछानेले भने, ‘त्यसमध्ये १ हजार १ सय ८९ जना फर्किसकेका छन् भने बाँकी ६ सय ७ जना अझै फरार छन् । प्रहरीमार्फत उनीहरूको खोजी कार्य जारी छ ।’
प्रशासनका अनुसार फरारमध्ये ४८ जना भारतीय र २ जना भुटानी नागरिक पनि छन् । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीहरूको नामावलीसहितको सूची सार्वजनिक गर्दै एक सूचना जारी गरेको छ ।



































Discussion about this post