धरान । धरान उपमहानगरपालिकामा ‘सर्दु जलाधार क्षेत्र’ भन्दै रोक्का गरिएका साविक वाँझंगरा ९ क तथा घोपा ७ घ–ङ का जग्गा जलाधारभित्र नपर्ने स्पष्ट गर्दै मालपोत कार्यालय धरानले लगत कट्टा गरेर फुकुवा प्रक्रिया अघि बढाएको छ ।
कार्यालयले सम्बन्धित कागजात र अघिल्ला निर्णयहरूको अध्ययनपछि ती जग्गा जलाधार क्षेत्रमा नपर्ने निष्कर्ष निकालेको जनाएको छ ।
यसअघि हर्क साम्पाङ प्रमुख रहेका बेला अदालतको आदेश नआएसम्म उक्त क्षेत्रका जग्गामा कर नलिन वडा कार्यालयलाई निर्देशन दिइएको थियो । त्यसका कारण जग्गासम्बन्धी प्रक्रिया रोकिएको थियो ।
मालपोतको पछिल्लो पत्राचारपछि अब सम्बन्धित जग्गाको फुकुवा प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने र लामो समयदेखि अन्योलमा रहेका जग्गाधनीलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।



































Discussion about this post