सुनसरी । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सुनसरी–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक सर्वेक्षणलेसमेत आफ्नो पक्षमा नतिजा देखाएको दाबी गरेका छन् ।
धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले रास्वपाले राष्ट्रव्यापी रूपमा तयार पारेको मत–आँकडामा सुनसरी क्षेत्र नं. १ लाई आफ्नो पार्टीको पक्षमा देखाइएको उल्लेख गरे । उनले उक्त सर्वेक्षण सार्वजनिक गर्ने रास्वपाको केन्द्रीय तथा क्षेत्रीय टोलीलाई धन्यवादसमेत दिए ।
‘रास्वपाले देशभर कसले कुन क्षेत्रमा जित्छ भन्ने डाटा तयार पारेको छ । त्यसमा सुनसरी–१ हाम्रो भागमा राखिदिनुभएकोमा केन्द्रीय टिम र क्षेत्र नं. १ टिमलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘मत सर्वेक्षण गर्ने साथीहरूले फागुन २१ गते सुनसरी–१ तारामय हुने उद्घोष गर्नुभएको छ ।’
भट्टराईले आफूले जितबाहेक अन्य विकल्प नदेखेको दाबी गर्दै कार्यकर्तालाई उत्साहका साथ चुनावी अभियानमा सक्रिय हुन आग्रह गरे । उनले सुनसरी–१ मा परिवर्तनको पक्षमा जनलहर बढ्दो रहेको दाबीसमेत गरे ।


































Discussion about this post