रामधुनी । आज भएको झुम्का उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका उम्मेदवार भोला रौनियारको प्यानल र नविन चौधरीको प्यानलबीच प्रतिस्पर्धा भएको छ ।
अध्यक्षमा जम्मा ५ जनाले उम्मेदवारी दर्ता गराएका भए पनि ३ जना उम्मेदवारले चुनाव धादलीपूर्ण हुन लागेको भन्दै सोमबार पत्रकार सम्मेलन गरेर बहिस्कारको घोषणा गरेका थिए ।

अध्यक्षका उम्मेदवाहरु दुर्गा फुँयालसहित उनको प्यानल, भरत कार्कीसहित उनको प्यानल र सन्दिप गौतमले चुनाव बहिस्कारको घोषणा गरेपछि रौनियार र चौधरीबीच प्रतिस्पर्धा भएको हो ।
चौधरीलाई नेपाली कांग्रेसको समर्थन रहेको थियो भने रौनियारलाई नेकपा (माओवादी केन्द्र) को समर्थन रहेको थियो ।
सोमबार भएको निर्वाचनमा कुल १४ सय ९० भतदाता रहेकामा करिब ६४ प्रतिशत मतदान भएको निर्वाचन समितिका संयोजक डिल्ली कार्कीले बताए ।






























Discussion about this post