Saturday, April 11, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      बराहक्षेत्र ५ का सम्भावना र चुनौती

      सुबिन विश्वकर्मा by सुबिन विश्वकर्मा
      १९/०३/२०८०
      बराहक्षेत्र ५ का सम्भावना र चुनौती
      329
      SHARES
      Share on FacebookShare on Twitter

      बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ नम्बर वडा ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणबाट सम्पन्न वडा हो । साविक भरौल गाविसको १, ४ र ५ नम्बर वडा मिलेर बनेको हालको बराहक्षेत्र ५ मा ७ हजार ४ सय ८ जनसंख्या रहेको २०६८ को जनगणनाले देखाएको छ । खासगरी राजधामी तथा चौधरी समुदायको उल्लेख बसोबास रहेको यस् वडाको सांस्कृतिक पहिचान पनि यहीँ हो । साविक भरौल गाविसको समेत केन्द्र (सदरमुकाम) रहेको कालाबञ्जर आज पनि यस् वडाको केन्द्रको रूपमा छ । बराहक्षेत्रका ११ वडामध्ये धेरै जनसंख्या र ठूलो भूगोल रहेको वडा बराहक्षेत्र ५ पनि भएकाले विकासका पूर्वाधारहरुलाई स्थापित गर्न उस्तो सजिलो नरहेको पुर्व जनप्रतिनिधिहरु बताउँछन् । बराहक्षेत्र नगरपालिका ५ गठन भएपछिका पहिलो वडा अध्यक्ष बनेका राजु अधिकारी भन्छन्, ’यहाँको क्षेत्रफल र जनसंख्याको बिबिधताको कारण तत्कालै देखिलाग्दो केही गर्न सकिने परिस्थिति नभएपछि दीर्घकालीन हितका पक्षमा धेरै गर्न सकिने अबस्था छ ।’ उनकाअनुसार उनको कार्यकालमा पनि नगरपालिकाले समानुपातिक बजेट वितरण नगरिदिदा वडाको समृद्धि पछाडि परेको हुनाले अहिलेको वडा सरकारले पनि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसँग अधिक पहल गर्नसके मात्र यहाँको आवश्यकता पूरा गर्न सकिन्छ ।

      २०७४ को स्थानीयतह निर्वाचनबाट अध्यक्ष राजु अधिकारीसहित नेकपा एमालेको प्यानलनै निर्वाचित भएको यस् वडामा २०७९ को स्थानीयतह निर्वाचनबाट भने नेपाली कांग्रेसका रोहित काफ्ले अध्यक्षमा निर्वाचित हुँदा अन्य चार सदस्य नेकपा एमालेबाटै निर्वाचित भएका छन् । निर्वाचित वडा जनप्रतिनिधिको पनि एकवर्षको कार्यकाल सकिएको छ । यस अबधिको वडाको गतिविधिलाई हेर्दा स्थानीयहरु सन्तुष्ट रहेको बुझिन्छ । नेकपा एमालेका सम्बन्धित वडा कमिटि अध्यक्ष समेत रहेका सुबास बस्नेत वडा सरकारले उपलब्ध स्रोत र साधनलाई सदुपयोग गर्दै एकवर्षमा गरेका कार्यहरू चित्तबुझ्ने खाल्को रहेको बताउँछन् । उनले भनेका छन्, ’यसवर्ष भएको वडाको ऐतिहासिक काम भएको हैटा खोला सरसफाइ, युवापुस्तालाई खुल्ला ब्यायामशाला, कालाबञ्जर बजार व्यवस्थित गर्ने जस्ता कार्यहरु तारिफयोग्य छन् ।’ उनले सबै दलहरूलाई मिलाएर विकासको काममा हातेमालो गराउने कार्यमा वडा सरकारको अग्रसरता हुनुपर्नेमा उनको जोड छ । हामी सबै राजनीतिक दल र वडाका जनप्रतिनिधि एकजुट भएर प्रदेश सरकार र संघीय सरकारसँग यहाँको विकासको लागि पहल गर्नसके मात्र ५ नम्बर वडाको चौतर्फी विकास सम्भव छ, नत्रभने नगरपालिकाले दिएको ७०/८० लाख बजेटबाट तत्काल केही गर्नसक्ने परिस्थिति छैन्, उनले भनें।

      गत स्थानीयतह निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी बनेका देभेन्द्र बिष्ट बराहक्षेत्र ५ लाई शैक्षिक हवको रूपमा विकास गर्न सकिनेमा जोड दिन्छन् । धरान, इटहरी लगायतका ठुला शहरहरुलाई जोड्ने बाटोको उपलब्धता हुनुनै यहाँको मूख्य अबसरको पक्ष रहेको उनको बुझाइ छ । जसको लागि यस् वडामा रहेका बिधालयहरुले प्राबिधिक धारमा पठनपाठन सञ्चालन गर्नसक्नुपर्दछ । वडा सरकारले त्यस्ता विधालयलाई विशेष किसिमको व्यवस्था गरिदिने होभने बराहक्षेत्रको भूगोलबाट मात्र नभइ आसपासका क्षेत्रबाट विधार्थीलाई आकर्षित गर्न सकिन्छ, उनले भने ।

      वडा सरकारका सम्भावना तथा चुनौतीहरू

      यस् वडाको प्रमुख गहना भनेको अमाह सिमसार हो । यसलाई उचित प्रवर्द्धन र संरक्षण गर्नसके पर्यटन प्रवर्द्धन त छदैछ, वडा सरकारको आयलाई समेत वृद्धि हुने देखिन्छ । जसको लागि त्यहाँसम्म पुग्ने सडक सञ्जाल सहज बनाउने कार्य तीब्र रहेको, सिमसार भित्र पर्यटकलाई आकर्षित गर्ने संरचनाहरु जस्तै झोलुङ्गे पुल, पानीको फोहोरा, सार्वजनिक शौचालय, पानी बोट इत्यादिको व्यवस्थापनलाई द्रुत गतिमा अघि बढाइएको वडा अध्यक्ष रोहित काफ्ले बताउँछन् । फलस्वरूप यो वर्षायामबाट उता अमाह सिमसार आउने पर्यटकको संख्यामा दोब्बर वृद्धि हुने अनुमान गरिएको छ ।

      त्यस्तै, यस् वडाअन्तर्गत दुईवटा सामुदायिक बन छन् । जसको कारण पर्याप्त मात्रामा घाँसको उपलब्धता छ । यसैलाई सदुपयोग गर्दै वडा सरकारले पशुपालनलाई अगाडि बढाउन सक्छ । नगर कार्यपालिकासँगको समन्वयमा वैदेशिक रोजगारीबाट गाउँ फर्केका युवाहरूलाई विशेष प्राथमिकतामा राखी अनुदानमा पशुपालनको अबधारणालाई अगाडि बढाउनुपर्ने देखिन्छ । यसबाट बनक्षेत्रको सहि सदुपयोग हुनुको साथै युवा रोजगारलाई पनि समेट्न सकिन्छ । युवा रोजगारकै सन्दर्भ यत्तिले मात्र पर्याप्त हुँदैन । युवाहरुलाई वडा सरकारको क्षमताले भ्याएअनुसारको रोजगारी उपलब्ध गराउने होभने उनीहरूलाई घरेलु उधोग सञ्चालनका लागि प्रोत्साहन गर्न सकिन्छ । यस् देहातमा दुना, टपरी, मैनबत्ती, अगरबत्ती, थुप्पा लगायतका घरेलु उधोगको राम्रो सम्भावना छ । धरान, इटहरी लगायतको ठूलो बजारलाई टार्गेट गरेर यी व्यवसाय गर्नसके युवा स्वरोजगारलाई समेट्न सकिन्छ ।

      चुनौतीका रूपमा पनि थुप्रै कुराहरू छन् । आधारभूत स्वास्थ्य चौकी छ तर चुस्त छैन् । विकासको प्रमुख मध्येको एक स्वास्थ्यको क्षेत्रमा वडा सरकारको पहिलो प्राथमिकता बन्नुपर्दछ । त्यस्तै, ट्युबवेलबाट आउने पानीमा आर्सेनिक जस्ता रसायनबाट शारीरिक समस्या आउने बिज्ञहरुले बताइरहँदा अझैपनि केही प्रतिशत वडाबासी भने सोही पानी पिइरहेका छन् । त्यसको लागि वडा सरकारले भरौल खानेपानी तथा सरसफाइ समितिसँगको पहलमा शुद्ध पिउने पानीको व्यवस्था अर्को प्राथमिकताको विषय बनेको देखिन्छ । खानेपानीकै सन्दर्भमा कालाबञ्जर चोकमा शुद्ध पिउने पानीको धारा अनिवार्य देखिन्छ । अत्याधिक जनघनत्व रहेको र धेरैतिरको ’जक्सन’को रूपमा रहेको यस् बजारक्षेत्रमा सार्वजनिक शौचालय अनिवार्य आवश्यकता रहेको छ । वडा सरकारले यस् एकवर्षीय कार्यकालमा सडक सञ्जाललाई अलि बढी ग्राहियता दिएको देखिएकोले अन्य थुप्रै क्षेत्रमा योजना तथा कार्यक्रमहरू अघि बढाउनुपर्ने देखिन्छ ।

      बराहक्षेत्र ५ को पहिचानः जातीय संस्कृति र संस्कार

      यस् वडाको अर्को महत्त्वपूर्ण विषेशता भनेको यहाँको जायीय र सांस्कृतिक विविधता हो । यहाँ रहेका धामी, चौधरी, मुसहर जातिको पहिचान, भेषभुषा, संस्कार, संस्कृति, भाषा लगायतका सवालहरुलाई प्रवर्द्धन गर्नसके विभिन्न सांस्कृतिक खोज तथा अनुसन्धानकर्ता, अभियन्ता तथा पर्यटकहरुलाई भित्र्याउन सकिन्छ । यहाँ रहेका जातीय मन्दिर, परम्परा, रीतिरिवाज इत्यादिलाई उचित प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको स्थानीयहरु बताउँछन् ।

      यहाँ रहेका मुसहर समुदायको भेषभुषा, परम्परा, संस्कृती देशमै उल्लेख्य छ । मुसहर जातिको दिनाभद्री मन्दिर थानको छुट्टै विषेशता छ । त्यस्तै, राजधामी र चौधरी समुदायको पनि छुट्टाछुट्टै पहिचान छ । जन्म, मृत्यु, विवाह गर्ने संस्कार भने मिल्दोजुल्दो भएपनि उनीहरूबिचमा मागी विवाह चल्दैन । यसको ऐतिहासिकतालाई विभिन्न जातीय संस्थाहरूले ’प्रमोट’ गरिरहेको देखिन्छ । त्यसलाई वडा सरकारले अभिभावकत्व लिन आवश्यक देखिन्छ ।

      राजधामी जाति वास्तविक रूपमा धामी हो तर कुनै एउटा कालखण्डमा धामी समुदायको कार्यबाट राजाहरु खुसी भएर राज पदवी दिएपछि अहिले र धेरैले राजधामी लेख्ने गरेको बताइन्छ । वडाको केन्द्र मानिएको कालाबञ्जरमा चन्द्रमैन धामी थान रहेको छ, जसलाई धामी समुदायले महत्त्वपूर्ण सम्पत्तिको रूपमा लिने गर्दछन् ।

      चन्द्रमैन धामी थानको उत्पत्ति

      किवंदन्तीअनुसार हालको बराहक्षेत्र भन्दा बाहिरको भूगोलमा चन्द्रमैन नाम गरेका गुञ्जन (जान्ने) धामी थिए । धामी बस्ने, हिड्ने, पूजापाठ गर्ने उनको प्रमुख कार्य थियो । यसैक्रममा एकदिन चन्द्रमैन हराए । उनको चौतर्फी खोजी भयो । कतै नभेटिएपछि अहिलेको बराहक्षेत्रकै देहातमा रहेका अर्का धामीलाई खोज्ने जिम्मा लगाइयो । र, उनले यो पत्ता लगाए कि चन्द्रमैन कालाबञ्जरमा रहेको बरको रुखभित्र दबिएका छन् जसको प्रमाण स्वरुप चन्द्रमैनको धोती सोही रुखमा अड्किएको छ । नभन्दै गाउँलेहरुले सोही रुखमा धोती देखेपछि चन्द्रमैन त्यहाँ रहेको विश्वास गरेको किवंदन्ती रहेको स्थानीय श्रवण राजधामी बताउँछन् । त्यही दिनबाट उनै चन्द्रमैनको नाममा कालाबञ्जरमा चन्द्रमैन धामी थान स्थापना गरिएको बताइन्छ । वर्तमान परिपेक्ष्यमा भने रिक्सा, सुनपसल, गाडी लगायत थुप्रै स्थानहरु चन्द्रमैनको नामबाट नामाकरण गरिएको छ । जहाँ प्रत्येक वर्ष बैशाख २७ गते मेला लाग्ने गरेको छ । मेलामा सयौं भाकल देखि हजारौंको मात्रामा मानिसहरूको उपस्थिति हुने गरेको स्थानीय बताउँछन् । श्रवण राजधामी भन्छन्, ’चन्द्रमैनको अझै प्रचारप्रसार आवश्यक छ, मेला व्यवस्थित गर्न सके हजारौं होइन लाखौं धार्मिक–सांस्कृतिक पर्यटक बराहक्षेत्र ५ मा भित्र्याउन सकिन्छ ।’

      खेलकुदको क्षेत्रमा बराहक्षेत्रमै पहिलो

      बराहक्षेत्र ५ को खेलकुदको क्षेत्र बडो तारिफयोग्य छ । रामझोडामा क्रिकेटको अभ्यास पिच बन्दै गरेको अबस्थामा छ । वडा अध्यक्ष काफ्लेको विशेष चासोको रूपमा रहेको मैदानमा वडाले लगानी (बजेट) गर्न सुरु गरेको छ । खेलाडीहरु अहिले अभ्यास गर्न थालिसकेका छन् । यो नै बराहक्षेत्र नगरको पहिलो क्रिकेट मैदान पनि हो ।

      यहाँ कराँते २० वर्ष अगाडिदेखि नै सुरु भएको खेलाडीहरु बताउँछन् । फुटबलमा गर्विलो इतिहास बनेको यस् वडाबाट फुटबलमा टंक बस्नेत, हरि ठकुरी, बिनय चौधरी राष्ट्रिय स्तरमा खेल्ने गरेका छन् ।भलिबल प्रतियोगिता बिगतमा भएपनि निरन्तर हुन सकेको छैन् । यद्यपि सम्भावना भने उत्तिकै छ । ब्याडमिन्टन ब्यबासायिक रूपमा हुन सकेको छैन् ।२०७० बाट अन्तर्राष्ट्रिय आमन्त्रण भरौल फुटबल प्रतियोगिता सञ्चालनमा छ, जुन बराहक्षेत्रमै ठूलो प्रतियोगिता हो । त्यति मात्र होइन, सुनसरीकै ठुला ४ प्रतियोगितामध्ये भरौल गोल्डकप पनि एक भएको फुटबल संघ सुनसरीको वरिष्ठ उपाध्यक्ष भेषराज कार्की बताउँछन् । मापदण्डअनुसारको खेलमैदान नहुनु, प्रतियोगिताको लागि दाताहरू नहुनु यहाँको खेलक्षेत्र प्रमुख समस्या भएपनि नेपालमै पनि धेरै प्रतियोगिता हुने स्थानहरूमा बराहक्षेत्र पनि एक हो, कार्कीले भने । प्रतियोगिता निरन्तर भैरहने होभने राष्ट्रिय तहका खेलाडी उत्पादन गर्न सकिने उनको तर्क छ ।

      समग्रमा खेलकुद समितिले फुटबललाई मात्र खेल हो जस्तो व्यबहार गर्नुनै बराहक्षेत्र नगरपालिकाको नीति गलत देखिन्छ । क्रिकेट, भलिबल लगायतका खेलमा लगानी गर्नसके बराहक्षेत्र ५ मा खेलक्षेत्रको अथाह सम्भावना रहेको खेलबिज्ञहरुको तर्क छ ।

      Previous Post

      सार्वजनिक सुनुवाईमा विद्यार्थीको गुनासो–स्कुलमा खानेपानी अभाव छ, शौचालयको ढोकामा चुकुल छैन

      Next Post

      श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

      सुबिन विश्वकर्मा

      सुबिन विश्वकर्मा

      सम्बन्धित खबर

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      समाचार

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      by हाम्राे शब्द
      २३/१२/२०८२
      0

      सुनसरी । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      राजनीति

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      by हाम्राे शब्द
      २२/१२/२०८२
      0

      सुनसरी । नेपालको दशौँ सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका अर्याल सभामुख पदका...

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२
      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      १७/१२/२०८२
      रामधुनी मन्दिरका महन्त काशीदास उदासीको निधन

      रामधुनी मन्दिरका महन्त काशीदास उदासीको निधन

      १६/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana