रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष राम नारायण चौधरीले न्यायपूर्ण समाज निर्माणमा टोल बिकास संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
बुधबार शुभ युग मिडिया प्रा.लि.को आयोजनामा भएको टोल बिकास संस्थाहरुको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले यस्तो बताएका हुन् ।
‘न्यायपूर्ण र भेदभावरहीत समाज निर्माण भयो भने सबै जनताले राम्रो अनुभूति गर्न सक्छन्, टोल बिकासले त्यसमा अग्रसरता लिनुपर्छ । वडाले, नगरपालिकाले देख्न नसकेका समस्या टोल बिकासले देखिराखेको हुन्छ ।’ उनले भने, ‘त्यसैले मलाई लाग्छ न्यायपूर्ण, भेदभावरहीत र समतामुलक समाज निर्माणमा टोल बिकासको भूमिका धेरै नै महत्वपूर्ण छ ।’
बिकास निर्माणका सवालमा आफ्नो वडाले टोल बिकाससँग समन्वय गरेर काम गर्ने गरेको अध्यक्ष चौधरीको भनाई छ ।


































Discussion about this post