रामधुनी । नेकपा एमाले सुनसरीको नयाँ जिल्ला अध्यक्षमा पर्शुराम यादव चयन भएका छन् । पार्टीको छैठौं जिल्ला कमिटी बैठकले आइतबार यादवलाई अध्यक्षमा चयन गरेको पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज जगदीश कुसियैतले जानकारी दिए ।
यसअघि अध्यक्ष निलम खनालको निधन भएपछि पद रिक्त थियो । खनाल २०८१ जेठ ७ गते सम्पन्न आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा विजयी भएका थिए । अध्यक्षमा निर्वाचित भएको १५ दिनमै निधन भएपछि एक वर्षदेखि अध्यक्ष पद रिक्त थियो ।
सोही अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका यादवलाई एमालेले अध्यक्षको जिम्मेवारी दिएको हो । खनालको निधनपछि यादव कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब भने जिल्ला कमिटीको निर्णयले उहाँलाई औपचारिक रुपमा अध्यक्षको जिम्मेवारी दिएको हो ।
केन्द्रीय सदस्यहरु तैयव हुसैन, भगवती चौधरी, लक्ष्मी गौतम, मन्जु भण्डारीलगायतको उपस्थित रहेको थियो ।



































Discussion about this post