काठमान्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक लगत्तै दलको नेता छान्न संसदीय दलको बैठक बस्नेसमेत तयारी गरिएको छ ।
पार्टी सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाहबीच भएको पूर्वसहमति अनुसार बालेनलाई भावी प्रधानमन्त्री बनाउने र संसदीय दलको नेता बनाउने तयारी गरिएको एक केन्द्रीय सदस्यले बताए ।
संसदीय दलको नेता छनोट र नयाँ सरकार गठनबारे छलफल गर्नका लागि आज दिउँसो ४ बजे केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । एक केन्द्रीय सदस्यले भने ।
केन्द्रीय समितिको बैठक बेलुकासम्म चल्ने भएकाले संसदीय दलको बैठक भने भोलि मात्रै बस्ने र बालेनलाई दलको नेता छान्ने रास्वपाको तयारी रहेको छ ।

































Discussion about this post