सुनसरी— संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकाको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।
पूर्वसभामुख समेत रहेका एमाले नेता सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् ।
पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरे भने नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे ।
पटक–पटक सांसद, मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बनेका पौडेल २००१ असोज २९ गते तनहुँमा जन्मेका हुन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समय योगदान गरेका उनले करिब ६३ बर्षे सक्रिय राजनीतिक यात्रा पुरा गरिसकेका छन् ।


































Discussion about this post