रामधुनी । झुम्का उद्योग वाणिज्य संघको यहि चैत्र १९ गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार भोला रौनियारसहितको प्यानलले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।
बुधबार सामाजिक सञ्चाल मार्फत रौनियारको प्यानलले प्रतिबद्धता सार्वजनिक गरेको हो ।
जसमा धुलो धुवाले ग्रसित झुम्का बजारलाई स्थानीय सरकारसँग समन्वय गरि ‘ग्रिन डेभलपमेन्ट टाउन’को रुपमा बिकास गर्ने प्रतिबद्धता जनाइएको छ ।
एघार वुदामा सार्वजनिक गरिएको प्रतिबद्धतामा उवासंघ झुम्काको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने र ३ बर्षभित्र आफ्नै सुबिधासम्पन्न भवनको निर्माण गर्ने समेत भनिएको छ ।
उवासंघ झुम्काको चुनावमा रौनियारको प्यानलसहित, दुर्गा फुँयालको प्यानल, भरत कार्कीको प्यानल र नविन चौधरीको प्यानल चुनावी मैदानमा छन् ।
यी हुन् भोला रौनियारको प्यानलका ११ प्रतिबद्धता
१) झुम्का उद्योग वाणिज्य संघलाई झुम्का आसपास क्षेत्रमा जग्गा ब्यवस्थापन गर्ने।
२) आफ्नो कार्यकाल भित्र सुब्यवस्थित भवन निर्माण गर्ने प्रतिवद्धता ।
३) झुम्का उद्योग वाणिज्य संघको समयको माग अनुसार बिधानलाई संसोधन गर्ने ।
४) झुम्का उद्योग वाणिज्य संघमा अनलाइन प्रबिधिमार्फत व्यवसाय दर्ता, नविकरण लगायत सम्पुर्ण कामहरु गराउने ।
५) धुलो धुवाले ग्रसित झुम्का बजारलाई स्थानीय सरकारसँग समन्वय गरि ग्रिन डेभलपमेन्ट टाउनको रुपमा व्यवस्थापन एवं विकसित गर्ने ।
६) रामधुनी मन्दिर जाने बाटोदेखि मितेरी पुलसम्म सडकको एक साइड street food court स्थानीय सरकार सङ्ग समन्वय गरि व्यवस्थापन तथा बिकास गर्ने ।
७) झुम्का उधोग वाणिज्य संघमा आवद्ध सदस्यहरुलाई व्यवसायिक अध्यन तथा अबलोकन भ्रमण गराउने ।
८) व्यवसायीलाई आवस्यक कर परामर्श, खाता वहि व्यवस्थापन, व्यवसाय प्रवर्धन तथा व्यवस्थापन सम्बन्धि निःशुल्क परामर्श तथा तालिमको व्यवस्था गर्ने ।
९) व्यवसायीहरुलाई व्यवसायको प्रकृति अनुसार झुम्का उद्योग वाणिज्य संघको अधिनमा रहने गरि फरक फरक समुहका व्यवसायीहरुमा समितीमा वर्गीकरण गरि व्यवसायिको स्तरोन्नति तथा प्रवर्धनमा सहयोग पुर्याउने ।
१०) नयाँ साना घरेलु उद्योग स्थापना गरि व्यवसायीहरुलाई विभिन्न तालिम दिई उद्योग खोल्न प्रोत्साहन गर्ने ।
११) बजारमा गुणस्तरीय सि.सि.क्यामेरा, सडक बत्ती जडान गरि खुद्रा फुटफाथका व्यवसायीहरुलाई व्यवस्थित गरि ठाउँ ठाउँ मा पार्किङको व्यवस्था गर्ने ।


































Discussion about this post