रामधुनी । यहि चैत १९ गते हुने तय भएको उद्योग वाणिज्य संघ झुम्काको चुनावमा विवाद उत्पन्न भएको छ ।
आफ्नो नगर क्षेत्र भित्रका मात्रै मतदाता हुनुपर्ने भएपनि बाहिरका ‘फेक’ मतदाता भेटिएको भन्दै अध्यक्षका उम्मेदवारहरु दुर्गा फुयाँल र भरत कार्कीले १९ गतेको चुनाव रोक्न माग गरेका छन् ।
चुनाव रोक्न माग गर्दै अध्यक्षका उम्मेदवारद्वय फुयाँल र कार्कीले जिल्ला प्रशासन कार्यालय सुनसरीमा लिखित उजुरीसमेत दिएका छन् ।उजुरीपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निर्वाचन अधिकृत डिल्ली कार्की र उवासंघ झुम्काका वर्तमान अध्यक्ष धर्मेन्द्र साहलाई बोलाएर विवादबारे छलफलसमेत गरेकी थिइन ।
छलफलका क्रमका प्रजिअ पाण्डेले विधान संवत तवरले निर्वाचन सम्पन्न गर्न दुवै पक्षलाई सुझाएको निवेदक मध्यका भरत कार्कीले बताए ।
निर्वाचन रोक्न माग गरिए पनि प्रजिअ पाण्डेले दुवै पक्षलाई राखेर ‘विधान संवत अगाडि बढ्न’ भने पनि जिल्ला प्रशासन कार्यालयबाट निर्वाचन रोक्ने लगायतका बिषयमा कुनै पनि निर्णय भने भएको छैन ।
विवादको बिषय बजारको हल्ला भएको भन्दै निर्वाचन समितिले कार्यतालिका बम्मोजिम नै निर्वाचन प्रकृया अगाडि बढेकाले १९ गते नै निर्वाचन हुने बताएको छ । ‘बजारको हल्लाले त हुन्न नी । कार्यतालिका अनुसार नै निर्वाचनको प्रकृया अगाडि बढिरहेको छ । सिडियो कार्यालयबाट कुनै पत्र आएको पनि छैन । त्यसकारण १९ गते निर्वाचन हुन्छ ।’ निर्वाचन समितिका सदस्य चन्द्र भुषण झाले हाम्रो शब्दसँग भने ।
यहि १९ गते विधान मिचेर निर्वाचन गराइए आफु र अर्का उम्मेदवार दुर्गा फुयाँल निर्वाचनमा भाग नलिने बरु अदालत जाने अध्यक्षका उम्मेदवार भरत कार्की बताउँछन् ।
निर्वाचनका लागि अध्यक्षमा दुर्गा फुँयालसहित उनको प्यानल, भरत कार्कीको प्यानल, नवीन चौधरीको प्यानल र भोला रौनियारको प्यानल चुनावी प्रतिष्पर्धामा छ ।
फुँयाल र कार्की निर्वाचन रोक्नुपर्ने पक्षमा छन् भने नविन चौधरी र भोला रौनियार तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने पक्षमा छन् ।

































Discussion about this post