सुनसरी । नायिका अरुणिमा लम्सालले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी छन् । करिब डेढ महिनाअघि नै नायिका लम्सालले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको जिल्ला अदालत सुनसरीका स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले बताए । राणाका अनुसार आइतबार उनको मुद्दामा अदालतले पहिलोपटक पेशीसमेत तोकेको थियो । तर उनको मुद्धामा भएको आदेशबारे आफु तत्काल जानकार नभएको राणाले बताए ।
अदालतमा पेश गरिएको मुद्दामा उनले पति युवराज श्रेष्ठसँग अंशसमेत माग गरेकी छन् । वराहक्षेत्र नगरपालिका–१ का ३९ बर्षीय युवराज श्रेष्ठसँग २०८१ साउन ३१ गते सुनसरी जिल्ला अदालतबाट अरुणिमाले विवाह गरेकी थिइन । अरुणिमाको दावी अनुसार श्रेष्ठले प्रारम्भमा आफूलाई प्रतिष्ठित व्यापारी र राजनीतिक पहुँच भएको व्यक्ति भएको भन्दै विश्वास जितेका थिए । उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्र भएकोसमेत भनेको लम्सालको दावी छ । तर सबै कुरा झुटा भएको, मानसिक पीडा भोग्नुपरेको र अमेरिका जानको लागि मात्र विवाह गरिएको नियत रहेको थाहा पाएकाले सम्बन्ध विछेद गर्नु परेको उनले फिरादपत्रमा उल्लेख गरेकी छन् ।

































Discussion about this post