सुनसरी । सशस्त्र प्रहरी बल नेपालअन्तर्गत सुनसरीको साहेबगञ्ज सीमा क्षेत्रका प्रहरी निरीक्षक एनि कुमार तामाङको जिम्मेवारी खोसिएको छ ।
तस्करीलाई संरक्षण गरेको र घटना लुकाउँन पत्रकारलाई पैसाको प्रलोभन देखाएको आरोप लागेका तामाङको जिम्मेवारी खोसिएको सशस्त्र प्रहरी बल नेपाल १ नं. बाहिनी पकली, सुनसरीका प्रमुख कुमार न्यौपानेले बताए ।
सुनसरीस्थित ४ नं. गणमा तामाङलाई फिर्ता तानिएको छ । विगतदेखि नै निरीक्षक तामाङले सीमा क्षेत्रमा हुने तस्करीमा सहयोग गर्दै आएको आरोप स्थानीयको छ । पछिल्लो समय विराटनगरका एक पत्रकारलाई सीमामा भइरहेको तस्करीसम्बन्धी समाचार सार्वजनिक नगर्न आग्रह गर्दै आर्थिक प्रलोभन दिएको पाइएपछि उनको जिम्मेवारी खोसिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल १ नं. बाहिनी पकली, सुनसरीका प्रमुख न्यौपानेका अनुसार निरीक्षक तामाङले ‘शंकाषपद गतिबिधि’ गरेको पाइएको छ । उनको जिम्मेवारी खोसेर थप अनुसन्धान भइरहेको न्यौपानेले बताए ।

































Discussion about this post