इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ स्थित सुनसरी क्रिस्टल एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका ६५ प्रतिशत विद्यार्थीले ‘ए’भन्दा माथिको ग्रेड प्राप्त गरेका छन् ।
विद्यालयका अनुसार यस वर्षको एसईई परीक्षामा सहभागी २० जना विद्यार्थीहरूमध्ये ८ जनाले ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन् भने ५ जनाले ‘ए’ ग्रेड हासिल गरेका छन् । यस्तै ७ जनाले ‘बी प्लस’ ग्रेड ल्याएका छन् ।
यस वर्ष सम्पन्न भट्टराईले ३.९६ जीपीए ल्याउँदै विद्यालय प्रथम बन्न सफल भएका छन् । समर्पण कटुवाल ३.९२ जीपीएसहित द्वितीय भएका छन् भने प्रसन्न निरौला र पवन रिसालले समान ३.८३ जीपीए ल्याउँदै तृतीय स्थान हासिल गरेका छन् ।
विद्यालयले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण र विद्यालयको शैक्षिक वातावरणका कारण उत्कृष्ट नतिजा सम्भव भएको विद्यालय प्रशासनले जनाएको छ ।

प्रधानाध्यापक सुरेश चन्द्र भट्टराईले विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजालाई निरन्तरता दिने बताए । वि.सं. २०६२ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ । विद्यालयले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले हिजो मात्रै एसईईको नतिजा सार्वजनिक गरेको थियो । गत चैत १९ गतेदेखि २९ चैतसम्म सञ्चालित परीक्षाको नतिजा यसपटक परीक्षा दिएको एक महिना नपुग्दै नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजा अनुसार देशभर ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

































Discussion about this post